एजेन्सी । घरेलु टिम भारतविरुद्धको तेस्रो तथा अन्तिम टेष्ट क्रिकेटमा दक्षिण अफ्रिका फलो अनमा परेको छ ।
राँचीमा भारतले ४९७ रन जोडेर पहिलो इनिङ्सको समाप्तिको घोषणा गरेपछि पहिलो इनिङ्स थालेको दक्षिण अफ्रिका सोमबार १६२ रन जोड्दा अलआउट भयो ।
पहिलो इनिङ्समा ३३५ रनको अग्रता बनाएपछि भारतले दक्षिण अफ्रिकालाई पुनः ब्याटिङमा पठाएको छ ।
दोस्रो इनिङ्समा पनि दक्षिण अफ्रिकाले खराब सुरुवात गरेको छ । दक्षिण अफ्रिकाले २ विकेट गुमाएर १८ रन जोडेको छ ।
यसअघि दक्षिण अफ्रिकाका लागि जुबाएर हाम्जाले ६२ रनको अर्धशतकीय इनिङ्स खेले । जर्ज लिन्डेले ३७ रन जोड्दा टेम्बा बाभुमाले ३२ रन जोडे ।
दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न उमेश यादवले ३ विकेट लिए । यस्तै मोहमद शामी, शाहबाज नादीम र रबिन्द्र जडेजाले २/२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४९७ रन बनाएको थियो । भारतका लागि रोहित शर्माले ११२ रनको दोहोरो शतकीय इनिङ्स खेले । यस्तै अजिन्का रहानेले ११५ रनको शतकीय इनिङ्स खेले ।
टेष्ट च्याम्पियनसिप अन्तर्गतको तीन खेलको सिरिज भारतले यसअघि नै २-० ले जितिसकेको छ ।