काठमाडौं । महिलाको फ्रेन्चाईज क्रिकेट लिग वुमेन च्याम्पियन्स लिग (डब्लुसीएल) मा ललितपुर फाल्कोन्सले पोखरा पल्टन्सलाई जितका लागि १ सय २३ रनको मध्यम लक्ष्य प्रस्तुत गरेका छन् ।
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ७ विकेट गुमाएर १ सय २२ रन बनायो ।
ललितपुरका लागि ममता चौधरीले अविजित रहदै ५२ रनको अर्धशतकीय इनिङ्स खेलिन् । यस्तै कविता जोशीले ३१ तथा सम्झना खड्काले १० रन बनाईन् ।
पोखराकी सिता राना मगरले २ विकेट लिईन् ।
आज दुवै टिम जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ । प्रतियोगिताबाट बाहिरिसकेको दुवै टिम पहिलो जितको खोजीमा रहेका छन् ।
तर, दुवै टोलीका लागि यस जित सान्त्वना जित मात्र हुनेछ ।