एजेन्सी । पाहुना टोली दक्षिण अफ्रिकाविरुद्धको तेस्रो तथा अन्तिम टेष्ट क्रिकेटमा भारतका रोहित शर्माले दोहोरो शतक बनाएका छन् ।
राँचीमा जारी टेष्टको दोस्रो दिन आइतबार रोहितले दोहोरो शतक बनाएका हुन् । रोहित २४९ बलमा २०० रन पुरा गरेका हुन् । तर, रोहित ११२ रन जोडेर आउट भए ।
रोहितले शनिबार शतक बनाएका थिए । रोहितको टेष्ट क्रिकेटमा यो पहिलो दोहोरो शतक हो ।
दक्षिण अफ्रिकाविरुद्ध दोहोरो शतक बनाएसँगै रोहित विरेन्द्र शेहवागपछि तीन खेलको टेष्ट सिरिजमा ५०० रन पुरा गर्ने भारतीय ओपनर ब्याट्सम्यान बनेका छन् ।
रोहितको दोहोरो शतकसंगै टस जितेर पहिले ब्याटिङ गरिरहेको भारत बलियो स्थितिमा पुगेको छ । भारतले ९० ओभरमा ५ विकेट गुमाएर ३७५ रन बनाएको छ ।
टेष्ट च्याम्पियनसिप अन्तर्गतको तीन खेलको सिरिज भारतले यसअघि नै २-० ले जितिसकेको छ ।