एजेन्सी । श्रीलंकन ब्याट्सम्यान दनुस्का गुनाथिलकालाई अन्तर्राष्ट्रिय क्रिकेटमा ६ खेलको प्रतिबन्ध लागेको छ । श्रीलंका क्रिकेटले खेलाडी आचार संहिता उलंघन गरेको भन्दै गुनाथिलकालाई शनिबार ६ खेलको प्रतिबन्ध लगाएको हो ।
श्रीलंका क्रिकेटले गत आइतबार नै ओपनर ब्याट्सम्यान गुनाथिलकालाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । तर, प्रतिबन्धको अवधि भने खुलाईएको थिएन् । गुनाथिलकाका नातेदारले एक महिलालाई यौन दुर्व्यवहार गरेको पाइएपछि उनीमाथि प्रतिबन्ध लागेको क्रिकइन्फोले जनाएको छ । यो बिषयमा गुनाथिलकामाथि समेत अनुसन्धान भईरहेको बताईएको छ ।
श्रीलंका क्रिकेटको प्रतिबन्धसंगै गुनाथिलकाले दक्षिण अफ्रिकाविरुद्धको पाँच खेलको एकदिवसीय सिरिज र एक टी- ट्वान्टी खेल गुमाउने छन् । २७ बर्षीय गुनाथिलकाले दक्षिण अफ्रीकाविरुद्धको दुई टेष्ट भने खेलेका थिए ।