एजेन्सी । पाहुना टोली दक्षिण अफ्रिकाविरुद्धको तेस्रो तथा अन्तिम टेष्ट क्रिकेटमा भारतका रोहित शर्माले शतक बनाएका छन् ।
राँचीमा जारी टेष्टको पहिलो दिन शनिबार रोहितले शतक बनाएका हुन् । टस जितेर पहिले ब्याटिङ गरिरहेको भारतका लागि रोहितले १३० बलमा १०० रन पुरा गरे ।
रोहितको यो छैटौं टेष्ट शतक हो । दक्षिण अफ्रिकाविरुद्धको जारी सिरिजमा भने उनको तेस्रो शतक हो ।
योसंगै रोहितले टेष्ट क्रिकेटमा २ हजार रन समेत पुरा गरेका छन् ।
रोहितको शतकसँगै भारतले टि ब्रेकसम्म ३ विकेट गुमाएर २०५ रन जोडेको छ । रोहित १०८ रनमा अविजित छन् । अजिन्का रहानेले ७४ रन जोडेर रोहितलाई साथ दिईरहेका छन् ।
टेष्ट च्याम्पियनसिप अन्तर्गतको तीन खेलको सिरिज भारतले यसअघि नै २-० ले जितिसकेको छ ।