काठमाडौं । वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) ले विराटनगर टाईटन्सका कप्तान र खेलाडीलाई जरिवाना गरेको छ ।
टियु क्रिकेट मैदानमा जारी प्रतियोगितामा स्लो ओभर रेटको कारण जरिवाना गरिएको डब्लुसीएलले जनाएको छ । ललितपुर फाल्कोन्स र पोखरा पल्टनविरुद्धको खेलमा स्लो ओभर रेटमा बलिङ गरेको बताईएको छ ।
डब्लुसीएलले कप्तानलाई १० र खेलाडीलाई ५ प्रतिशत म्याच फि जरिवाना गरिएको छ । यस्तै उनीहरुको १ डिमेरिट अंक समेत घटेको छ ।
डब्लुसीएलले जरिवानाबारे कप्तान सरिता मगरलाई जानकारी गराएको जनाएको छ । सरिताले जरिवाना स्वीकार गरेको पनि जनाइएको छ ।