एजेन्सी । रुसका आक्रामक मिडफिल्डर एलेक्जेन्डर गोलोभिनलाई फ्रेन्च क्लब मोनाकोले क्लबमा भित्र्याएको छ । रुस विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका गोलोभिनलाई मोनाकोले पाँच बर्षको लागि क्लबमा अनुबन्ध गरेको हो ।
रुसी क्लब सीएसकेए मस्कोका गोलिभिनको अनुबन्ध रकम भने खुलाईएको छैन । तर, गोलोभिनका लागि मोनाकोले मस्कोलाई २७ मिलियन पाउण्डमा तिरेको गार्जियनले समचार लेखेको छ । यसअघि उनलाई अनुबन्ध गर्न इन्ग्लिश क्लब चेल्सी र इटालियन क्लब युभेन्ट्सले इच्छा देखाएको थियो ।
घरेलु मैदानमा सम्पन्न विश्वकपमा २२ बर्षे गोलोभिनले १ गोल गरेका थिए । रुसले विश्वकपको सेमिफाइनलसम्मको यात्रा तय गर्दा गोलोभिनले महत्वपूर्ण भूमिका खेलेका थिए ।
मस्कोबाट ११३ खेल खेलेका गोलोभिनले १३ गोल समेत गरेका थिए । फ्रेन्च लिग वान क्लबमा अनुबन्धित भएपछि गोलोभिले आफ्नो लागि नयाँ र कठिन यात्रा सुरु भएको बताए ।