काठमाडौं । महिलाको फ्रेन्चाईज क्रिकेट लिग वुमेन च्याम्पियन्स लिग (डब्लुसीएल) मा ललितपुर फाल्कोन्सले विराटनगर टाईटन्सलाई जितका लागि १ सय २३ रनको मध्यम लक्ष्य प्रस्तुत गरेका छन् ।
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ७ विकेट गुमाएर १ सय २२ रन बनायो ।
ललितपुरका लागि ममता चौधरीले सर्वाधिक २८ रन जोडिन् । यस्तै करुणा भण्डारीले २१ रन बनाईन् ।
कृति सेन र सम्झना खड्काले अविजित रहदै समान १३/१३ रन जोडिन् ।
विराटनगरकी सबनम राई र आरती बिडारीले एक एक विकेट लिईन् ।
आज दुवै टिम जित निकाल्दै सुखद सुरुवातको योजनामा रहेका छन् । दुवै टिमको यो पहिलो खेल हो ।
क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा सुरु प्रतियोगितामा ५ सहरका ५ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टोलीले ७ लाख रुपैयाँ पाउने छन् । उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले टिभिएसको १ सय २५ सीसीकाे स्कुटर र ५० हजार पाउने छन् भने बेस्ट बलर र ब्याट्सवुमनले जनही २५ हजार प्राप्त गर्ने छन् ।