काठमाडौं । महिला फ्रेन्चाईज क्रिकेट लिग वुमेन च्याम्पियन्स लिग (डब्लुसीएल)मा दोस्रो दिन आज (बिहिबार) दुई खेल हुदैछ ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिलो खेलमा क्वाट क्विन्स काठमाडौं र पोखरा पल्टन्सबीच प्रतिस्पर्धा भईरहेको छ ।
पोखराले टस जितेर फिल्डिङ रोजेपछि काठमाडौंले ब्याटिङ गरेको छ ।
उद्घाटन खेलमा काठमाडौं, चितवन राईनोजसंग ५ विकेटले पराजित भएको थियो ।
राष्ट्रिय टिमकी कप्तान रुविना क्षेत्री नेतृत्वको काठमाडौं पहिलो जितको खोजीमा हुनेछ ।
पोखरा पल्टन पहिलो खेलमा सुखद नतिजा निकाल्ने लक्ष्यमा हुनेछ । पोखराको नेतृत्व अनुभवी खेलाडी सिताराना मगरले गरेकी छिन् ।
आजै हुने दोस्रो खेलमा विराटनगर टाईटन्स र ललितपुर फाल्कोनसबीच प्रतिस्पर्धा हुदैछ ।
खेल दिउँसो साढे १ बजे सुरु हुनेछ ।
विराटनगर सरिता मगर र ललितपुर नेरी थापाको नेतृत्वमा मैदान उत्रनेछ । दुवै टिम सफल सुरुवात गर्ने लक्ष्यमा हुनेछन् ।
प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
पाँच टिमको सहभागीता रहेको प्रतियोगिताको उत्कृष्ट खेलाडीले स्कुटर सहित ५० हजार पाउनेछ ।