काठमाडौं । नेपालको ऐतिहासिक एकदिवसीय क्रिकेट खेल लाइभ हेर्न सकिने भएको छ । नेपालले एकदिवसीय क्रिकेटको डेब्यु खेल आगामी अगष्ट पहिलो साता नेदरल्याण्डसंग एमस्ट्राडममा खेल्दै छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिसद (आइसीसी) बाट एकदिवसीय राष्ट्रको मान्यता पाएपछि नेपालले नेदरल्याण्डसंग डेब्यु खेल खेल्न लागेको हो । नेपाल र नेदरल्याण्डबीच दुई खेलको एकदिवसीय सिरिज हुनेछ ।
नेपाल र नेदरल्याण्डबीचको एकदिवसीय सिरिज अगस्ट १ र ३ मा हुनेछ । र, दुवै खेल अनलाइनबाट लाइभ हेर्न सकिने भएको छ । क्रिकेट नेदरल्याण्डले शुक्रबार नेपालसंगको खेल लाइभ हेर्न सकिने जनाएको छ । क्रिकेट नेदरल्याण्डको अनुसार लिभब्रोडकाष्टबाट नेपाल र नेदरल्याण्डबिचको खेल हेर्न सकिने छ ।
नेदरल्याण्डसंगको ऐतिहासिक एकदिवसीय खेलपछि नेपालका भेट्रान स्पिनर शक्ति गौचनले सन्यास लिनेछन् । शक्तिले नेपालमै यो खेल अन्तिम खेल हुने बताईसकेका छन् ।
एकदिवसीय क्रिकेटको डेब्यु खेलअघि नेपालले आइतबार इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक टी-ट्वान्टी सिरिज खेल्ने छ । क्रिकेटको मक्का मानिने इंग्ल्यान्डको लर्ड्समा नेपाल, नेदरल्याण्ड र मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) बीच त्रिकोणात्मक सिरिज हुनेछ ।
लाइभ हेर्न यहाँ क्लिक गर्नुस् ।