एजेन्सी । भारतीय क्रिकेट टिमका पूर्व कप्तान सौरभ गांगुलीले भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को अध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।
बीसीसीआईको आसन्न निर्वाचनमा गांगुलीले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् ।
उनले सोमबार उम्मेदवारी दर्ता गराउने भारतीय संचार माध्यमले जनाएको छ ।
यस्तै गांगुलीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गर्ने तयारी भएको समेत भारतीय संचार माध्यमले जनाएको छ ।
अध्यक्षमा निर्विरोध चयन हुन गांगुलीले विभिन्न प्रदेश क्रिकेट संघसँग छलफल गरिरहेका छन् ।
नयाँ नेतृत्वका लागि बीसीसीआईको निर्वाचन अक्टोबर २३ मा हुँदैछ ।