दार्चुला । धाप र छपारीले दार्चुलामा जारी पहिलो संस्करणको मालिकार्जुन प्रिमियर लिग (एमपीएल) क्रिकेटमा जित निकालेका छन् ।
सकार क्रिकेट मैदानमा आइतबार धापले बाज 'ए' टिमलाई ५९ रनले पराजित गर्यो ।
धापले दिएको १७३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बाज १२ ओभरमा अलआउट हुँदै ११३ रनमा समेटियो ।
बाजका लागि धिरेन्द्र महराले २३ तथा हरिस महराले २० रन जोडे । धापका महेन्द्र राइखोला र बिनेश राइखोलाले २/२ विकेट लिए ।
यस अघि पहिले पहिले ब्याटिङ गरेको धापले निर्धारित ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको थियो । धापका लागि सुरज जोशीले ७१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै बिनेश राइखोलाले २३ रन बनाए । बाजका बिक्रम महराले ३ विकेट लिए । गोबिन महरा र सुमन महराले २/२ विकेट लिए ।
अर्को खेलमा छपारीले शान्तिदिप युथ क्लबको 'ए' टिमलाई ३९ रनले पराजित गर्यो । छपारीले दिएको १४९ रनको लक्ष्य पछ्याएको शान्तिदिपले निर्धारित ओभरमा ४ विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो ।
शान्तिदिपका लागि निरज धामीले ३० तथा भुपेन्द्र धामीले २९ रन बनाए । छपारीका सुरेन्द्र कार्की र बिरेन्द्र कार्कीले १/१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको छपारीले निर्धारित ओभरमा ६ विकेट गुमाएर १४८ रन बनाएको थियो ।
छपारीका लागि बिरेन्द्र कार्कीले ८८ रनको अर्धशतकीय इनिङ्स खेले । शान्तिदिपका खगेन्द्र समत र सुमन धामीले २/२ विकेट लिए ।
दिपेन्द्र धामी स्मृति प्रतिष्ठान र शान्तिदिप युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय १ रुपैयाँ पाउने छन् । यस्तै उपविजेताले ४४ हजार ४ सय ४४ रुपैयाँ पाउने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ६ हजार ५ सय नगद प्राप्त गर्दा उत्कृष्ट बलर, ब्याट्सम्यान र उदयमान खेलाडीलाई २ हजार ५ सय प्रदान गरिने आयोजकले जनाएको छ ।