एजेन्सी । पाहुना टोली दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेष्ट क्रिकेटको पहिलो इनिङ्समा भारतले उच्च स्कोर खडा गरेको छ ।
कप्तान विराट कोहलीले दोहोरो शतक बनाएपछि भारतले पहिलो इनिङ्समा ६०१ रनको उच्च रन जोडेको छ ।
कोहलीले अविजित रहदै २५४ रनको योगदान गरेपछि भारतले पहिलो इनिङ्सको दोस्रो दिन ५ विकेटको क्षतिमा ६०१ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गरेको हो ।
टेष्ट क्रिकेटमा सातौं पटक दोहोरो शतक बनाउने क्रममा कोहलीले ३३६ बलको सामना गरे । कोहली टेष्ट क्रिकेटमा ७ पटक दोहोरो शतक बनाउने पहिलो भारतीय खेलाडी समेत बताए । यस्तै कोहलीले टेष्ट क्रिकेटमा ७ हजार रन समेत पुरा गरेका छन् ।
यस्तै पहिलो इनिङ्समा भारतका लागि मायांक अग्रवालले १०८ रनको शतकीय इनिङ्स खेले । रबिन्द्र जडेजाले ९१ तथा अजिन्का रहानेले ५९ रन बनाए ।
दक्षिण अफ्रिकाका कागिसो राबडाले ३ विकेट लिए ।
दक्षिण अफ्रिकाले भने पहिलो इनिङ्समा खराब सुरुवात गरेको छ । भारतले इनिङ्स समाप्तिको घोषणा गरेपछि ब्याटिङ थालेको दक्षिण अफ्रिकाले इनिङ्स समाप्तिसम्म १५ ओभरमा ३ विकेट गुमाएर ३६ रन बनाएको छ ।
टेष्ट च्याम्पियनसिप अन्तर्गतको सिरिजमा भारत १-० ले अघि रहेको छ ।