काठमाडौं । ओमानविरुद्वको टी–ट्वान्टी सिरिजमा नेपालले निकै खराब ब्याटिङ प्रर्दशन गरेको छ । नेपालले घरेलु टोली ओमानलाई जितका लागि ६५ रनको लक्ष्य प्रस्तुत गरेको हाे ।
पाँच देशीय टी–ट्वान्टी सिरिज अन्तर्गत ओमानविरुद्व पहिले ब्याटिङ गरेको नेपाल ११ औ ओभरमा अलआउट हुदै ६४ रन बनाएको हाे ।
ओपनरद्वय ईशान पाण्डे र कप्तान पारस खड्का सस्तैमा आउट भएको खेलमा नेपालले लगातार एक पछि अर्को विकेट गुमाएकाे थियो ।
ओपनरद्वय ईशान २ तथा पारस ५ रनमा आउट भएका थिए । दिपेन्द्र सिंह ऐरी ११, बिनोद भण्डारी ४, आरिफ शेख २० र सन्दीप जोरा शुन्य रनमा पेलिलियन फर्किएका थिए ।
यस्तै सोमपाल कामी ८, सन्दीप लामिछाने २, करण केसी ८ तथा अभिनास बोहरा २ रनमा आउट भए ।
आरिफ र दिपेन्द्र बाहेक सबै खेलाडी दाेहराे अंककाे स्काेर जाेड्न असफल रहे ।
ओमानका आमिर खालिमले सर्वाधिक ५ विकेट लिए ।
सिरिजको अन्तिम खेलमा नेपालले घरेलु टोली ओमानसंग प्रतिस्पर्धा गरिरहेको छ ।
ओमानविरुद्व नेपालले एक खेलाडी परिवर्तन गरेको छ ।
ललितनारायण राजवंशीलाई आराम दिदै नेपालले सुसन भारीलाई मौका दिएको छ।
ओमान ३ खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ ।
नेपाल मात्र ४ अंक बटुल्दै तालिकाको तेस्रो स्थानमा छ ।