काठमाडौं । ओमानविरुद्वको टी–ट्वान्टी सिरिजमा नेपालले निकै खराब ब्याटिङ प्रर्दशन गरेको छ ।
पाँच देशीय टी–ट्वान्टी सिरिज अन्तर्गत ओमानविरुद्व पहिले ब्याटिङ गरेको नेपालले ४२ रन जोड्न ५ विकेट गुमाएको छ ।
ओपनरद्वय ईशान पाण्डे र कप्तान पारस खड्कालाई सस्तैमा गुमाएको नेपालले लगातार चार विकेट गुमाएको हो ।
ओपनरद्वय ईशान २ तथा पारस ५ रनमा आउट भएको ईनिङ्समा दिपेन्द्र सिंह ऐरी ११, बिनोद भण्डारी ४, आरिफ शेख २० र सन्दीप जोरा शुन्य रनमा पोलिलियन फर्किएका छन् ।
सिरिजको अन्तिम खेलमा नेपालले घरेलु टोली ओमानसंग प्रतिस्पर्धा गरिरहेको छ ।
ओमानविरुद्वको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ ।
ललितनारायण राजवंशीलाई आराम दिदै नेपालले सुसन भारीलाई मौका दिएको छ ।
नेपालले सुरुवाती दुई खेलमा जित हासिल गरेपनि तेस्रो खेलमा बुधबार आयरल्याण्डसंग पराजित भएको थियो ।
लिग चरणको सुरुवाती दुई खेलमा नेपालले हङकङ र नेदरल्याण्डलाई भने पराजित गरेको थियो ।
यता, ओमानले यसअघि आयरल्याण्ड, हङकङ र नेदरल्याण्डलाई हराएको थियो ।
ओमान ३ खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ ।
नेपाल मात्र ४ अंक बटुल्दै तालिकाको तेस्रो स्थानमा छ ।