काठमाडौं । टी–ट्वान्टी सिरिजमा ओमानविरुद्वको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ ।
नेपालले लिगको अन्तिम खेलमा ललितनारायण राजवंशीलाई आराम दिदै सुसन भारीलाई मौका दिएको छ ।
नेपालले लिगको चौथो तथा अन्तिम खेलमा घरेलु टोली ओमानसंग प्रतिस्पर्धा गर्दैछ ।
नेपालको ओपनिङ ईशान पाण्डे र पारस खड्काले सम्हाल्नेछन् । यस्तै टिममा आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, बिनोद भण्डारी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, सुसन भारी र अभिनाष बोहरा रहेका छन् ।
नेपालविरुद्व ओमानले टस जितेर फिल्डिङ रोजेको छ । नेपालले अब घरेलु टोलीविरुद्व सुरुवातमा ब्याटिङ गर्नेछ ।
नेपालले सुरुवाती दुई खेलमा जित हासिल गरेपनि तेस्रो खेलमा बुधबार आयरल्याण्डसंग पराजित भएको थियो ।
लिग चरणको सुरुवाती दुई खेलमा नेपालले हङकङ र नेदरल्याण्डलाई भने पराजित गरेको थियो ।
सिरिजको अन्तिम खेलमा घरेलु टोलीविरुद्व अप्रत्यासीत जित निकाल्ने दाउ नेपालको हुनेछ ।
यता, तालिकाको शीर्ष स्थानमा रहेको घरेलु टोली ओमान भने नेपालमाथि जित हात पार्दै सिरिज उपाधि कब्जा गर्न चाहन्छ ।
ओमानले यसअघि आयरल्याण्ड, हङकङ र नेदरल्याण्डलाई हराएको थियो ।
ओमान ३ खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ ।
नेपाल मात्र ४ अंक बटुल्दै तालिकाको तेस्रो स्थानमा छ ।