काठमाडौं । एसियन गेम र साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालको राष्ट्रिय फुटबल टिम, बैदेशिक प्रशिक्षणमा थाइल्याण्ड जाने भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय पुरुष फुटबल टिमलाई १० दिने बैदेशिक प्रशिक्षणकालागि थाइल्याण्ड पठाउने निर्णय गरेको हो ।
राष्ट्रिय टिमका मुख्य प्रशिक्षक ग्योतुकी कोजीले थाइल्याण्ड जाने २९ खेलाडीको नाम सार्वजनिक गरिसकेका छन् ।
एसियन गेम अगष्ट १४ देखि सेप्टेम्बर १ सम्म इन्डोनेसियाको राजधानि जाकार्तामा हुदैछ । ग्रुप डीमा रहेको नेपालले जापान, भियतनाम र पाकिस्तानसँग भिड्नेछ ।
त्यस्तै, साफ च्याम्पियनसिप अन्तर्गत नेपालले सेप्टेम्बर ४ बाट बङ्गलादेशमा खेल्नेछ । सो प्रतियोगिताको समुह चरणमा नेपालले आयोजक बङ्गलादेश, पाकिस्तान र भुटानसँग भिड्नेछ ।
थाइल्याण्ड जाने टिमको खेलाडिको नामाबली यस प्रकार छन् ।
किपर : किरण चेम्जोङ, एलान न्यौपाने, सोजित गुरुङ, बिकेश कुथु ।
डिफेन्डर : आदित्य चौधरी, अनन्त तामाङ, बिराज महर्जन, दिपेन्द्र तामाङ, दिनेश राजबंशि, गौरब बुढाथोकि, कमल श्रेष्ठ, सुमन अर्याल, छिरिङ गुरुङ , रबिन श्रेष्ठ, रोेहित चन्द, सन्तोष तामाङ ।
मिडफिल्डर : अभिषेक रिजाल, अन्जन बिष्ट, बिशाल राई, हेमन गुरुङ, हेमन्त थामा मगर, सुजल श्रेष्ठ, सुनिल बाल, तेज तामाङ ।
स्ट्राइकर : भरत खवास, बिमल घर्ति मगर, दोर्जे प्रिन्स कार्की, नवयुत श्रेष्ठ, सुमन लामा ।