काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछाने पहिलो आभेरमै चम्किएका छन् ।
आयरल्याण्डविरुद्व दोस्रो ओभरमा बलिङ गर्न आएका सन्दीपले महत्वपुर्ण विकेट लिएका छन् ।
उनले आफ्नो पहिलो ओभरको चौथो बलमा आयरल्याण्डका आक्रमक ब्याट्सम्यान केभिन ओ ब्रोएनलाई पोविलियन फर्काएका छन् ।
दोसो बलमा चौका खाएका सन्दीपले चौथो बलमा विकेट लिन सफल भएका हुन् ।
सन्दीपकै चौथो बलमा केभिनले पुन बाउन्ड्रि प्रहार गर्ने क्रममा करण केसीको हातबाट क्याच आउट भएका हुन् ।
ओमानको अल अम्रेट क्रिकेट मैदानमा नेपालविरुद्व आयरल्याण्डले टस जितेर ब्याटिङ गरेकाे छ ।
नेपालले टिममा मुख्य दुई परिवर्तन गरेको छ । ओपनिङमा इशान पाण्डे र आक्रमक ब्याट्सम्यान सन्दीप जोरालाई आयरल्याण्डविरुद्वको खेलमा मौका दिईएको छ ।
नेपालले अघिल्लो खेलमा जम्न नसकेका ओपनर पवन सरार्फ र रोहितकुमार पौडेललाई टिम बाहिर राखेको छ ।
पवनको स्थानमा ईशान र रोहितको स्थानमा सन्दीपलाई मौका दिईएको हो ।
नेपालले सुरुवाती दुई खेलमा हङकङ र नेदरल्याण्डलाई पराजित गरेको थियो ।
नेपाल टेष्ट राष्ट्र आयरल्याण्डलाई हराएर तेस्रो जित निकाल्न चाहन्छ ।
टेष्ट राष्ट्रमाथि जित निकाल्दै इतिहास बनाउने अवसर नेपाललाई छ । नेपालले हालसम्म टेष्ट राष्ट्रलाई हराउन सकेको छैन ।
तर, बलियो टिम आयरल्याण्डलाई पराजित गर्न नेपाललाई सजिलो भने हुने छैन ।
नेपाल दुई खेलमा ४ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । तीन खेल खेलेको आयरल्याण्ड दुईमा जित र एकमा हार सहित ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
समान अंक भएपनि रनरेटका आधारमा आयरल्याण्ड दोस्रो स्थानमा रहेको हो । आयोजक ओमान तालिकाको शीर्ष स्थानमा रहेको छ ।