काठमाडौं । पाँच देशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले टेष्ट राष्ट्र आयरल्याण्डसंग प्रतिस्पर्धा गर्दैछ ।
ओमानको अल अम्रेट क्रिकेट मैदानमा नेपालविरुद्व आयरल्याण्डले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ ।
नेपालले अब फिल्डिङ गर्नेछ ।
नेपालले टिममा मुख्य दुई परिवर्तन गरेको छ । ओपनिङमा इशान पाण्डे र आक्रमक ब्याट्सम्यान सन्दीप जोरालाई आयरल्याण्डविरुद्वको खेलमा मौका दिईएको छ ।
नेपालले अघिल्लो खेलमा जम्न नसकेका ओपनर पवन सरार्फ र रोहितकुमार पौडेललाई टिम बाहिर राखेको छ ।
पवनको स्थानमा ईशान र रोहितको स्थानमा सन्दीपलाई मौका दिईएको हो ।
नेपालले सुरुवाती दुई खेलमा हङकङ र नेदरल्याण्डलाई पराजित गरेको थियो ।
नेपाल टेष्ट राष्ट्र आयरल्याण्डलाई हराएर तेस्रो जित निकाल्न चाहन्छ ।
टेष्ट राष्ट्रमाथि जित निकाल्दै इतिहास बनाउने अवसर नेपाललाई छ । नेपालले हालसम्म टेष्ट राष्ट्रलाई हराउन सकेको छैन ।
तर, बलियो टिम आयरल्याण्डलाई पराजित गर्न नेपाललाई सजिलो भने हुने छैन ।
नेपाल दुई खेलमा ४ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । तीन खेल खेलेको आयरल्याण्ड दुईमा जित र एकमा हार सहित ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
समान अंक भएपनि रनरेटका आधारमा आयरल्याण्ड दोस्रो स्थानमा रहेको हो । आयोजक ओमान तालिकाको शीर्ष स्थानमा रहेको छ ।