काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टीको वरियतामा नेपाल यथावत रहन सफल भएको छ ।
आईसीसीले मंगलबार अपडेट गरेको टी-ट्वान्टीको नयाँ वरियतामा नेपाल यथावत रहदै ११ औं स्थानमा रहेको छ । अघिल्लो महिना पनि नेपाल ११ औं स्थानमै रहेको थियो ।
नयाँ वरियता अनुसार नेपालले १९ खेलबाट १९६ रेटीङ अंक पाएको छ । नेपालले गत साता सिंगापुरमा भएको त्रिकोणात्मक टी-ट्वान्टी सिरिज खेलेपनि वरियता बढ्न नसकेको हो । हाल नेपाली टिमले ओमानमा जारी पाँच राष्ट्रबीचको टी-ट्वान्टी सिरिज खेलिरहेको छ।
एसोसियट राष्ट्र मध्यको टी-ट्वान्टी वरियतामा भने नेपाल शीर्ष स्थानमा रहेको छ । नेपाल भन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड रहेका छन् ।
टी-ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान र दोस्रोमा इंग्ल्याण्ड यथावत रहेका छन् । दक्षिण अफ्रिका तेस्रो, भारत चौंथो र अष्ट्रेलिया पाँचौं स्थानमा रहेका छन् ।
एकदिवसीय वरियतामा नेपाल १७ औं स्थानमा रहेको छ ।