एजेन्सी । बोरुसिया डर्टमण्डका जर्मन फरवार्ड आन्द्रे सुर्लेलाई इन्ग्लिश क्लब फुलह्यामले अनुबन्ध गरेको छ । जर्मनीले विश्वकप जित्दाका महत्वपूर्ण सदस्य सुर्लेलाई फुलह्यामले दुई बर्षको लागि लोनमा भित्र्याएको हो ।
फुलह्याम यसै सिजन प्रिमियर लिगमा फर्किएको हो । फुलह्यामसंग दुई बर्षे सम्झौता गरेपछि सुर्लेले क्लबमा आफुले आफ्नो उच्चस्तरीय खेल प्रस्तुत गर्ने बताए । सुर्लेले भने, 'सुरुवातको लागि म पर्खने छैन । म मेरो स्थानको लागि लड्ने छु र म मेरो आफ्नो उच्च लय प्रदर्शन गर्ने छु । जसले टोलीलाई सहयोग हुनेछ ।'
चेल्सीका पुर्व फरवार्ड समेत रहेका सुर्ले रुस विश्वकपमा भने जर्मनीको टोलीमा थिएनन् । २७ बर्षीय फरवार्ड सुर्लेले जर्मनीबाट ५७ खेल खेलिसकेका छन् ।
सन् २०१३ देखि १५ सम्म चेल्सीमा बिताएका सुर्लेले एक प्रिमियर लिग जितेका थिए । चेल्सीबाट कार्भेन कटेज गएका सुर्ले सन् २०१६ मा डर्टमण्ड आएका थिए । सुर्लेले डर्टमण्डबाट ३३ खेल खेल्दै ३ गोल गरेका थिए ।