काठमाडौं । ओमानमा जारी पाँच राष्ट्रबीचको पाँच देशीय टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले दोस्रो खेलमा अहिले नेदरल्याण्डको सामना गरिरहेको छ ।
अल अम्रेट क्रिकेट मैदानमा नेपालले टस जितेको छ र पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । नेदरल्याण्डले सुरुवातमा ब्याटिङ गर्नेछ ।
नेपाल लगातार दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा नेपालले हङकङलाई ४ विकेटले हराएको थियो ।
यता, नेदरल्याण्ड पहिलो जितको खोजीमा रहेको छ । नेदरल्याण्ड पहिलो खेलमा आयरल्याण्डसँग पराजित भएको थियो ।