एजेन्सी । इन्टरनेसनल च्याम्पियन्स कपमा इटालियन क्लब युभेन्ट्सले जित निकालेको छ । बिहिबार बिहान भएको खेलमा युभेन्ट्सले जर्मन लिग च्याम्पियन वायर्न म्युनिखलाई २ - ० ले हराएको हो ।
प्रि सिजनको तयारीका लागि अमेरिका भ्रमणमा रहेको इटालियन च्याम्पियन युभेन्ट्सलाई जित दिलाउन आन्द्रिया फाभिल्लीले दुई गोल गरे । इटालीका युवा स्ट्राइकर फाभिल्लीले दुवै गोल पहिलो हाफमा गरेका थिए ।
२१ बर्षीय फाभिल्लीले खेलको ३२ औं मिनेटमा पहिलो गोल गरेका थिए । यस्तै ४० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै फाभिल्लीले युभेन्ट्सलाई सहज जित दिलाए ।