काठमाडौं । ओमानमा जारी पाँच राष्ट्रबीचको पाँच देशीय टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले अहिले पहिलो खेलमा हङकङको सामना गरिरहेको छ ।
अल अम्रेट क्रिकेट मैदानमा हङकङले नेपाललाई जितका लागि १३० रनको सामान्य लक्ष्य दिएको छ । हङकङले दिएको सामान्य लक्ष्यसहित जवाफी ब्याटिङ गरिरहेको नेपालले पहिलो ओभरमै कप्तान पारस खड्कालाई गुमाएको छ ।
कप्तान पारस हङकङका बलर किन्चित साहको पहिलो बलमा क्याच आउट भए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ५ विकेट गुमाएर १३० रन बनाएको थियो ।