काठमाडौं । ओमानमा जारी पाँच राष्ट्रबीचको पाँच देशीय टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले अहिले हङकङको सामना गरिरहेको छ ।
अल अम्रेट क्रिकेट मैदानमा हङकङविरुद्ध टस जितेर नेपालले बलिङ गरिरहेको छ । र, नेपालविरुद्ध ब्याटिङ गरिरहेको हङकङले तेस्रो विकेट गुमाएको छ ।
नेपाललाई करण केसीले तीन वटै सफलता दिलाएका हुन् । करणले एकै ओभरमा हङकङका तीन ब्याट्सम्यानलाई पेभेलियन फर्काए ।
करणले चौथो ओभरको तेस्रो बलमा अशान अब्बासीलाई १३ रनमा क्याच आउट गरे । पाँचौ बलमा निजकाट खानलाई २३ रनमा आउट गरेका करणले छैटौं बलमा साहिद वासिफलाई सुन्य रनमा आउट गरे ।
हङकङले ६ ओभरको खेल सकिदा ३ विकेट गुमाएर ४२ रन जोडेको छ ।