एजेन्सी । भारतका लागि टेष्ट क्रिकेटमा पहिलो पटक ओपनिङ गरेका रोहित शर्माले विस्फोटक ब्याटिङ गरेका छन् ।
दक्षिण अफ्रिकाविरुद्व विशाखापटनममा खेलिएको पहिलो टेष्टको चौथो दिन रोहितले ठुलो उपलब्धी हात पारेका छन् ।
रोहित शर्मा घरेलु मैदानमा खेलिएकाे टेष्ट म्याचमा लगातार ७ औ पटक ५० रनको ईनिङ्स पार गर्ने पहिलो खेलाडी बनेका छन् ।
रोहितले राहुल द्रविडलाई पछाडी पार्दैै नयाँ कीर्तिमान कायम गरेका थिए ।
द्रविडले सन् १९९७–९८ को दौरान टेष्टमा भारतका तर्फबाट लगातार ६ पटक ५० रन भन्दा माथिको ईनिङ्स खेलेका थिए ।
रोहितले सन् २०१६ देखि २०१९ सम्म यो उपलब्धी हासिल गरेका हुन् । रोहितले यस टेष्टको पहिलो ईनिङ्समा १ सय ७६ रन बनाएका थिए ।
यसका साथै रोहितले दक्षिण अफ्रिकाविरुद्व विशाखापटनममा जारी पहिलो टेष्टको दोस्रो ईनिङ्समा अहिलेसम्म ४ छक्का प्रहार गरेका छन् ।
यसको साथै उनी कुनैपनि टेष्ट खेलमा भारतकोतर्फबाट सबैभन्दा धेरै १० छक्का प्रहार गर्ने पहिलो ब्याट्सम्यान बनेका छन् ।
यसअघि सो कीर्तिमान भारतीय टिमका पुर्व ओपनर ब्याट्सम्यान नवजोत सिंह सिद्वुको नाममा थियो ।
जसले सन् १९९४ मा श्रीलंकाविरुद्व एउटै ईनिङ्समा ८ छक्का प्रहार गरेका थिए ।