एजेन्सी । घरेलु टोली पाकिस्तानविरुद्धको पहिलो टी-ट्वान्टी क्रिकेटमा श्रीलंकाले जित निकालेको छ । शनिबार भएको खेलमा श्रीलंकाले पाकिस्तानलाई ६४ रनले हराएको हो ।
लाहोरमा श्रीलंकाले दिएको १६६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तान १७ ओभर ४ बलमा अलआउट हुँदै १०१ रनमा समेटियो ।
पाकिस्तानका लागि लिफ्टिखर अहमेदले २५ तथा कप्तान सर्फराज अहमेदले २४ रन बनाए । बाबर आजमले १३ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
पाकिस्तानलाई सस्तैमा समेट्न श्रीलंकाका इशुरु उडाना र नुवान प्रदीपले ३/३ विकेट लिए । हसरंगा डी सिल्भाले २ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ५ विकेट गुमाएर १६५ रन बनाएको थियो । श्रीलंकाका लागि दनुस्का गुनाथिलकाले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै अभिस्का फर्नान्डोले ३३ तथा भानुका राजपाक्षले ३२ रन बनाए ।
पाकिस्तानका मोहमद हसनेइनले ३ विकेट लिए ।
जितसँगै श्रीलंकाले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । दुई टिमबीचको दोस्रो खेल सोमबार हुनेछ ।