काठमाडौं । ओमानमा जारी पाँच राष्ट्रबीचको पाँच देशीय टी–ट्वान्टी क्रिकेट सिरिजमा टेष्ट राष्ट्र आयरल्याण्डले विजयी सुरुवात गरेको छ ।
शनिबार भएको खेलमा आयरल्याण्डले नेदरल्याण्डलाई ६ विकेटले पराजित गर्यो ।
नेदरल्याण्डले दिएको १६८ रनको लक्ष्य आयरल्याण्डले १८ ओभर २ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।
आयरल्याण्डको जितमा ह्यारी टेक्टरले अविजित ४७ रन जोड्दा एन्डी बाल्ब्रिनीले ३२ रन बनाए । नेदरल्याण्डका शाने स्नाटरले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन बनाएको थियो ।
नेदरल्याण्डको लागि बेन कोपरले ६५ रन जोड्दा म्याक्स ओ'डुडले ३८ रन जोडे । नेदरल्याण्डका क्यारिक योङ र मार्क अडिएरले २/२ विकेट लिए ।
ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा टेष्ट राष्ट्र आयरल्याण्डसहित नेपाल, आयोजक ओमान, हङकङ र नेदरल्याण्डले प्रतिस्पर्धा गरिरहेका छन् ।