काठमाडौं । आयोजक ओमानले पाँच राष्ट्रबीचको पाँच देशीय टी-ट्वान्टी क्रिकेट सिरिजमा विजयी सुरुवात गरेको छ । शनिबार भएको पहिलो खेलमा ओमानले हङकङलाई ७ विकेटले पराजित गर्यो ।
अमेराटमा हङकङले दिएको ९७ रनको सामान्य लक्ष्य ओमानले १३ ओभर ५ बलमा ३ विकेट गुमाएर पुरा गर्यो ।
ओमानको जितमा कप्तान जिशन माकसुदले अविजित ३९ रन जोड्दा खवर अलिले ३२ रन बनाए । हङकङका नासरुल्ला राना र केली क्रिस्टीले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ९ विकेट गुमाएर ९६ रन बनाएको थियो ।
ओमानी बलरसँगसामु हङकङका हरोन अर्सादले सर्वाधिक १९ रन जोडे । यस्तै अशान अब्बासी र निजाकट खानले १७/१७ रन बनाए । वाकस बर्कटले १५ रन बनाए ।
ओमानका मोहमद नादिमले २ विकेट लिए ।
ओमान क्रिकेटले आयोजना गर्ने सिरिजमा नेपाल, आयोजक ओमान, टेष्ट राष्ट्र आयरल्याण्ड, हङकङ र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।
नेपालले आइतबार हङकङसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।