काठमाडौं । पाँच राष्ट्रबीचको पाँच देशीय टी-ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा अहिले आयोजक ओमान र हङकङबीच प्रतिस्पर्धा भईरहेको छ ।
अमेराटमा जारी पहिलो खेलमा हङकङले ओमानलाई ९७ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ९ विकेट गुमाएर ९६ रन बनायो ।
ओमानी बलरसँगसामु हङकङका हरोन अर्सादले सर्वाधिक १९ रन जोडे । यस्तै अशान अब्बासी र निजाकट खानले १७/१७ रन बनाए । वाकस बर्कटले १५ रन बनाए ।
ओमानका मोहमद नादिमले २ विकेट लिए ।
नेपालले भने भोलि हङकङसँग खेल्दै सिरिजको सुरुवात गर्ने छ ।