काठमाडौं । नेपाल सम्मलित सिंगापुरमा जारी त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिजको उपाधि जिम्बावेले जितेको छ ।
बिहिबार राति भएको खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गर्दै जिम्बावेले सिरिज जितेको हो ।
इन्डियन एसोसियसनको मैदानमा सिंगापुरले दिएको १६८ रनको लक्ष्य जिम्बावेले १८ ओभर ४ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।
जिम्बावेका लागि पिटर मुरले ९२ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै टोनी मुन्योगाले ४४ रन बनाए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन बनाएको थियो । सिंगापुरका लागि सुरेन्द्ररन चन्द्रमोहनले ६६ रनको अर्धशतकीय इनिङ्स खेले। टिम डेभिडले ४७ रन बनाए ।
जिम्बावेका डेनील जिकेलले २ विकेट लिए ।
जितसँगै जिम्बावेले ४ खेलमा ६ अंक जोडेर शीर्ष स्थान हासिल गर्दै सिरिजमा कब्जा जमाएको हो । सिरिजमा ३ अंक जोडेको नेपाल दोस्रो भयो ।
आयोजक सिंगापुर ३ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।