एजेन्सी । भारतमा जारी दक्षिण अफ्रीका र भारतविरुद्धको पहिलो टेष्टको आज दोस्रो दिनको खेल जारी छ ।
पहिलो इनिङ्समा भारतले ५ सय २ रन बनाएपछि पहिलो इनिङ्स समाप्तीकाे घोषणा गरेको छ ।
पाहुना टोली दक्षिण अफ्रिकाले आफ्नो पहिलो इनिङ्सको सुरुवाती समयमा पहिलो विकेट गुमाइसकेको छ ।
खेलमा आज दक्षिण अफ्रीकाका केशब माहाराजाले आफ्नो ५२ औं ओभरको पाचौं बल फाल्ने क्रममा विकेट किपरले बलको भेउ नपाउँदा बल बाउण्ड्रीमा पुग्यो र बाइको रुपमा भारतले ४ रन प्राप्त गर्यो ।
बल बाउण्ड्रीमा पुगेपछि फिल्डरले बल लिन बाउण्ड्री पुग्दा बल भेटिएन । बल खोज्न केहि समय नै लाग्यो ।
दर्शकलाई त गल्ली क्रिकेट खेल्दा बल हराएको सम्झना आयो होला !
बलब्वाई सहित ३ खेलाडीले बलको खोजी गरे तर बल भेट्टाउन सकिएन । कहाँ गयो त बल ? सबै अचम्ममा परेका थिए ।
तर बललाइ क्यामेरा म्यानले देखेका रहेछन् र टिभीमा देखाइयो, अझै खेलाडी बलको खोजीमा थिए।
उनीहरु पिच कभर पल्टाइ पल्टाइ हेर्दै थिए । पछाडीबाट एडेन मर्क्रम आए र बल टिपेर फर्किए ।
बल बाउण्ड्री डोरीमा राखिएको स्पोन्सरको विज्ञापन अंकित फोमको बीचमा अड्किएको रहेछ । पहिलो टेष्टमा भारतका ओपनर मयाङ्क अग्रवाल र रोहित शर्माको ३ सय १७ रनको साझेदारीमा भारतले उत्कृष्ट सुरुवात गरेको हो ।
पहिलो विकेटक लागि ३ सय रनको साझेदारी भारतको इतिहासमा तेस्रो पटक हो भने पछिल्लो १३ बर्षपछि भारतले टेष्टमा पहिलो विकेटको लागि ३ सय रनको साझेदारी गरेकाे हो ।
भारतका लागि अग्रवालले २ सय १५ रन बनाउँदा रोहितले १ सय ७६ रन जोडे । दक्षिण अफ्रिकाको लागि केशब माहाराजाले ३ विकेट हात पारे । दक्षिण अफ्रिकाले भारतसंग ३ टेष्ट म्याचको सिरिज खेल्ने छ ।