एजेन्सी । इंग्ल्याण्डका विकेट किपर ब्याट्सम्यान जोन्नी बेस्ट्रोले टेष्ट क्रिकेटमा उत्कृष्ट पुनरागमन गर्ने बताएका छन् ।
न्युजिल्याण्डविरुद्धको टेष्ट सिरिजका लागि इंग्ल्याण्डको टिममा पर्न असफल भएपछि बेस्ट्रोले बीबीसीसँग कुरा गर्दै उत्कृष्ट पुनरागमन गर्ने बताए ।
'मैले अहिले नै टेष्ट क्रिकेट छाड्ने छैन । अझ म थप बलियो बनेर टिममा फर्किने छु,' बेस्ट्रोले भने, 'म टेष्ट क्रिकेटलाई निकै मन पराउँछु । तर यो निराशाजनक रहयो । यसपटक नै ड्रप गर्नु उचित समय थिएन । आशा छ यो नै अन्तिम हुनेछ ।'
न्युजिल्याण्ड र इंग्ल्याण्डबीचको टेष्ट सिरिज नोभेम्बर २० देखि सुरु हुनेछ ।
बेस्ट्रोले ६९ टेष्ट जसमा ४८ खेलमा विकेट किपरको भूमिकामा निभाएका थिए । ६ शतक मध्य ५ शतक बेस्ट्रोले विकेट किपरको भूमिकामा रहदा प्रहार गरेका थिए ।
'मैले लगातार ६/७ वर्षसम्म टिमसंगै टुर गरेको छु,' बेस्ट्रोले थपे, 'तर यस बीचमा मैले राम्रोसंग अभ्यास र थप मेहनत गर्दै सुधार गर्ने मौका पाउने छु ।'
न्युजिल्याण्डविरुद्ध हुने २ टेष्ट खेलमा जोस बट्लरले विकेट किपिङ गर्ने छन् । त्यसपछि इंग्ल्याण्ड टिममा फर्किए भने बेस्ट्रो जुनै भूमिकामा पनि खेल्न रुचाएको समेत बताए ।
'म कुनै हालतमा टिममा पर्न चाहान्छु ।' बेस्ट्रोले थपे, 'जुन स्थान खाली हुन्छ म त्यसैमा घुलमिल हुनेछु र मेरो लागि ब्याटरको भूमिका पहिलो पटक पनि हैन ।'
बेस्ट्रो टी-ट्वान्टी सिरिजका लागि भने इंग्ल्याण्डको टिममा रहेका छन् । जुन नोभेम्बर १ देखि सुरु हुनेछ ।