एजेन्सी । इंग्ल्याण्डका अलराउन्डर क्रिकेटर बेन स्टोक्सले 'पीसीए क्रिकेटर अफ दि इयर' अवार्ड जितेका छन् ।
घरेलु मैदानमा भएको एकदिवसीय विश्वकपका नायक स्टोक्सले प्रोफेसनल क्रिकेटर्स एसोसियसनले प्रदान गर्ने वर्ष खेलाडी अवार्ड जितेका हुन् ।
२८ वर्षे स्टोक्सले विश्वकपको फाइनलमा न्युजिल्यान्डविरुद्ध अविजित ८४ रन बनाएका थिए । जसको कारण खेल सुपर ओभरमा पुगेको थियो ।
सुपर ओभरमा समेत खेल बराबरी हुँदा इंग्ल्याण्डले सर्वाधिक बाउन्ड्रीको आधारमा उपाधि जितेको थियो ।