एजेन्सी । क्रोएसियाका कप्तान लुका मोड्रिच मैदान भित्र र मैदान बाहिर उत्तिकै शालीन खेलाडीको रुपमा चिनिन्छन् । स्पेनिस क्लब रियल मड्रिडका प्लेमेकर मोड्रिचको खेल र व्यवहार दुवैको चर्चा हुने गर्छ ।
रुसमा गत साता सम्पन्न विश्वकपपछि भने मोड्रिचको चर्चा अझै चुलिएको छ । रुस विश्वकपमा क्रोएसियालाई फाइनलसम्म पुर्याउन मोड्रिचले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । मोड्रिचले रुस विश्वकपमा उत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल समेत जितेका थिए । यस्तै मोड्रिच फिफाको बर्ष खेलाडी अवार्डको लागि मनोनयनमा परेका छन् ।
फुटबल मैदानको प्रदर्शनले बढी चर्चामा रहने ३२ बर्षीय मोड्रिच यो पटक भने अर्कै कारणले चर्चामा छन् । एक क्यान्सर पिडित बालिकालाई हस्तलिखित पत्र लेखेपछि मोड्रिचको चर्चा थप चुलिएको हो । र, पछिल्लो समय मोड्रिचलाई ठुलो हृदय भएको मानिस भन्न थालिएको छ ।
क्रोएसियाकी सेलेना नामकी एक पाँच बर्षीय बालिकाले आफ्नी दिदिको सहाराले मोड्रिचलाई पत्र लेखेकी थिइन् । क्यान्सर पिडित ती बालिकाले पत्रमा मोड्रिच विश्वकै उत्कृष्ट खेलाडी रहेको र मैदानमा अन्य खेलाडीले जस्तो खराब नभई सुन्दर खेल खेल्न सक्ने जनाएकी थिइन् ।
उक्त पत्रको जवाफमा मोड्रिचले बालिकालाई निकै मार्मिक सन्देश पठाएका छन् । बालिकालाई शाहसिक समर्थकको संज्ञा दिदै मोड्रिचले हस्तलिखित पत्र पठाएका थिए । यस्तै मोड्रिचले आफ्नो नम्बरको जर्सी समेत बालिकालाई पठाएका छन् ।
मोड्रिचलाई सेलेनाको पत्र –
प्रिय लुका,
तपाईको लागि मेरो दिदिले यो पत्र लेखिरेहेका छन् किनकी म धेरै सानी छु र कसरी लेख्ने मलाई थाहा छैन । म मात्र पाँच बर्षको भए । कहिले तपाई हामीकहाँ आउनु हुन्छ ? तपाईलाई म एक दिन पिकनिक लैजाने छु जब तपाई हामीसंग आउनुहुन्छ । म तपाईहरु सबैलाई धेरै माया गर्छु । तर, मलाई अरुभन्दा तपाई सबैभन्दा बढी मन पर्छ । तपाई विश्वकै उत्कृष्ट खेलाडी हुनुहुन्छ । जब तपाई अन्य खेलाडी जस्तो खराब नभई सुन्दर र सफा खेल खेल्नु हुन्छ, मलाई खुब मन पर्छ । तपाई जहिलेसम्म राम्रो खेल्नु हुन्छ म र हामीले धेरै माया गर्नेछन् । म तपाईको लागि फुल उपहार दिनेछु । मेरो दिदि सुबा (सुबासिच) र सिमे (सिमे भार्सल्को) र मेरो आमाले भिडा (डोमागोज भिडा) लाई माया गर्नु हुन्छ । म सारा संसारमा तपाईलाई सबैभन्दा धेरै माया गर्छु ।
-तपाईको सेलेना
सेलेनालाई मोड्रिचको पत्र -
प्रिय सेलेना,
तपाईले पठाउनु भएको सुन्दर पत्र मैले पाए । जसले मलाई निकै खुशी बनाएको छ । तपाई म र मेरो टिमको जसरी सपोर्ट गरिरहनु भएको छ, त्यसरी नै सबै खेलाडी तपाईको साथमा छ । तपाई आफ्नैलागि पनि शाहसिक समर्थक हुनुहुन्छ । हामी मैदानमा सधै राम्रो गर्ने छौं र तपाईको लागि हामी लड्ने छौं । हामीसंग रहनु भएकोमा धेरै धन्यवाद । सुबा र सिमे तपाईको दिदि र भिडा तपाईको आमामा आभार व्यक्त गर्दछ । र, तपाईलाई शुभकामना र माया ।
-तपाईको लुका ।