सर्लाही । प्रथम अन्तर्राष्ट्रिय लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज विभागिय टिम एपीएफ र ललितपुरे क्लब थ्रीस्टारले प्रतिस्पर्धा गर्दै छन् ।
सर्लाहिको राधाकृष्ण खेल मैदानमा हुने खेलमा दुवै टोली फाइनल पुग्ने लक्ष्यमा हुने छन् । अपरान्ह चार बजे सुरु हुने खेलमा दुवै टोली दोस्रो रोजाईका खेलाडीसहित मैदान उत्रने छन् । टिमका मुख्य खेलाडीहरु एसियन गेम्स र साफ च्याम्पियनसिपको लागि बन्द प्रशिक्षणमा रहेका छन् ।
प्रतियोगितामा एपीएफले युनाइटेड सिक्किम भारत र हेटौडाको विजय युथ क्लबलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेका थिए । यस्तै पहिलो खेलमा बाई पाएको थ्रीस्टारले क्वाटरफाइनलमा पोखराको कास्की ११ लाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।
फाइल तस्विर