काठमाडौं । सशत्र प्रहरी बलको एपीएफ क्लबले राजधानीमा जारी उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबल प्रतियोगितामा फराकिलो जित निकालेको छ । बुधबार भएको खेलमा एपीएफले काठमाडौंलाई १०-० गोल अन्तरले पराजित गरेको हो ।
ललितपुर सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपीएफलाई फराकिलो जित दिलाउन सावित्रा भण्डारी एक्लैले ५ गोल गरिन् । यस्तै अनिता केसीले ह्याट्रिक पुरा गर्दा अनु लामा र अनिता बस्नेतले एक एक गोल गरिन । खेलमा एपीएफकी अनिता वुमन अफ दि म्याच चुनीईन् ।
यो जितसंगै एपीएफले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । काठमाडौंको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा काठमाडौं रौतहटसंग पराजित भएको थियो ।
प्रतियोगिता अन्तर्गत नै दोस्रो खेलमा अहिले रौतहटले अर्को विभागीय टोली नेपाल पुलिस क्लबको सामना गरिरहेको छ ।