काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा जिम्बावेविरुद्व नेपालले खराब सुरुवात गरेको छ । सिंगापुरको ईन्डियन एसोसियसन मैदानमा १ सय ६१ रनको लक्ष्य पछ्याएको नेपालले सुरुवाती तीन ब्याट्सम्यानलाई सस्तैमा गुमाएको छ ।
कप्तान पारस खड्का १२ रन बनाएर आउट भएका छन् । उनले अघिल्लो खेलमा कीर्तिमानी शतक प्रहार गरेका थिए । उनलाई कप्तान सेन विलियम्सले आउट गरेका छन् ।
नपालले पवन सरार्फलाई शुन्य र दिपेन्द्र सिंह ऐरीलाई ४ रनमा गुमाएको थियो ।
यसअघि सुरुवाती ब्याटिङ गरेको जिम्बावेले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो ।
सुरुवाती ब्याट्सम्यानलाई सस्तैमा गुमाएको जिम्बावेका लागि मध्यक्रमका ब्याट्सम्यान तथा कप्तान सेन विलियम्सले उत्कृष्ट प्रर्दशन गरे ।
उनले ३५ बलमा ४ चौका र ३ छक्काको मदतले ५३ रन बनाए । उनलाई पारस खड्काले बोल्ड गरे ।
सन्दीप लामिछाने र सोमपाल कामीले सुरुवातमै विकेट लिदै जिम्बावेलाई दबाबमा राखेका थिए ।
नेपालका सन्दीप र सोमपालले समान २ विकेट लिए । पारस खड्काले एक विकेट हात पारे ।