काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा जिम्बावेले नेपाल सामु मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।
सिंगापुरको ईन्डियन एसोसियसन मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको जिम्बावेले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो ।
सुरुवाती ब्याट्सम्यानलाई सस्तैमा गुमाएको जिम्बावेका लागि मध्यक्रमका ब्याट्सम्यान तथा कप्तान सेन विलियम्सले उत्कृष्ट प्रर्दशन गरे । उनले ३५ बलमा ४ चौका र ३ छक्काको मदतले ५३ रन बनाए । उनलाई पारस खड्काले बोल्ड गरे ।
सन्दीप लामिछाने र सोमपाल कामीले सुरुवातमै विकेट लिदै जिम्बावेलाई दबाबमा राखेका थिए ।
नेपालका सन्दीप र सोमपालले समान २ विकेट लिए । पारस खड्काले एक विकेट हात पारे ।
शुक्रबार भएको खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो ।
नेपाल तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपालले २ खेलमा १ जित र १ हारसहित २ अंक जोडेको छ । सिरिजको तालिकामा जिम्बावेले पनि २ खेलमा २ अंक जोडेको छ । तर, नेपाल नेट रन रेटको आधारमा शीर्ष स्थानमा छ ।
सिंगापुरको पनि २ अंक छ । सहभागी तीन टिमले सिरिजको उपाधि जित्ने सम्भावना छ । डबल राउण्ड रोबिनको आधारमा जारी सिरिजको शीर्ष टोलीले उपाधि जित्ने छन् ।