एजेन्सी । चर्चित फ्रेन्चाईज क्रिकेट लिग ईन्डियन प्रिमियर लिग (आईपीएल)को १३ औ संस्करणको अक्सन कोलकत्तामा हुने भएको छ ।
सन् २०२० मा हुने आईपीएलको अन्तिम अक्सन पहिलो पटक कोलकत्तामा डिसेम्बर १९ मा हुने पक्का भएको हो ।
आयोजक ईन्डियन क्रिकेट बोर्ड (बीसीसीआई)ले सन् २०२१ को टिमका लागि हुने लिलामी भने नयाँ तरिकाले भब्य हुने जनाएको छ ।
पश्चिम बंगालको राजधानी कोलकत्ताको टिम बलिउड स्टार साहरुख खानको स्वामित्वमा रहेको छ । अहिलेसम्म अधिकांश समय खेलाडीको लिलामी बेङ्गलोरमा हुदै आएको थियो ।
खेलाडीको किनबेचको समय नोभेम्बर १४ सम्म खुल्ला रहेको छ ।
यसको दौरान टिमले आफ्ना खेलाडीलाई साटफेर गर्नुका साथै आफ्नो खेलाडीलाई दोस्रो टिममा बेच्न सक्नेछन् ।
सन् २०१९ को आईपीएलमा खेलाडी लिलामीका लागि ८२ करोड रुपैयाँ दिईएको थियो । तर अर्को बर्ष हुने आईपीएलका लागि ८५ करोडको सिमा तोकिएको छ ।
प्रत्येक टिमले अतिरिक्त तीन करोड रुपैयाँका साथै पछिल्लो सत्रमा बचेको पैसा समेत खर्च गर्न पाउनेछ ।
दिल्ली क्यापिटलसंग सबैभन्दा धेरै ८ करो २० लाख रुपैयाँ बचेको छ । त्यस्तै राजस्थान रोयल्ससंग गत बर्ष ७ करोड १५ लाख रुपैया ँबचेको थियो ।