काठमाडौं । इन्डोनेसियामा आयोजना हुने १८ औं संकरणको एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा नेपाल पुन: जापान रहेकै समूहमा परेको छ ।
एसियन फुटबल फेडेरेसनले बुधबार सार्वजनिक गरेको नयाँ खेल तालिका अनुसार नेपाल समूह 'डी' मै परेको हो । नेपाल यसअघिको ‘ड्र’ मा पनि समूह 'डी' मै परेको थियो । तर, युएई र प्यालेस्टाइनलाई एसियन गेम्समा सहभागि गराउनु पर्ने भएपछि नयाँ ‘ड्र’ गरिएको हो ।
एसियन कपको नयाँ ‘ड्र’ अनुसार नेपालको समूहमा एसियन फुटबलको पावर हाउस जापान सहित भियतनाम र पाकिस्तान रहेका छन् । अघिल्लो खेल तालिका अनुसार चारै टोली यहिँ समूहमा रहेको थियो । नयाँ टोली प्यालेस्टाइन समूह 'ए' मा परेको छ भने युएई समूह 'ई' मा परेका छन् ।
एसियन गेम्सको खेल तालिका भने सार्वजनिक गरिएको छैन । एसियन गेम्सको पुरुष फुटबलमा २६ टोलीले खेल्दै छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरी खेल तालिका निकालिएको हो । प्रत्येक समूहबाट दुई शीर्ष टोलीले नकआउट चरणमा स्थान बनाउने छन् ।
आगामी अगष्ट १४ देखी १ सम्म जाकार्ता र पालेमबाङमा हुदैछ । प्रतियोगिताका लागि २० सदस्यीय नेपाली टोलीको घोषणा यस अघिनै गरिएको छ ।
जसमा किरण चेम्जोङ, भरत खवास र रोहित चन्दलाई सिनियर खेलाडीको रुपमा प्रतियोगितामा समावेश गरिएको छ । एसियन गेम्समा २३ बर्षका मुनिका खेलाडी समावेश हुन्छन् । जसमा २३ बर्षमाथिका ३ सिनियर खेलाडी राख्न पाउने प्रावधान छ ।