दार्चुला । दार्चुला जिल्लामा आयोजना हुने पहिलो संस्करणको मालिकार्जुन प्रिमियर लिग (एमपीएल) क्रिकेटसँग राष्ट्रिय बाणिज्य बैंक जोडिएको छ ।
असोज चौथो साताबाट सुरु हुने एमपीएल क्रिकेटमा मुख्य प्रायोजकको रुपमा राष्ट्रिय बाणिज्य बैंक जोडिएको हो । आयोजक दिपेन्द्र धामी स्मृति प्रतिष्ठान र शान्तिदिप युवा क्लबले बैंकसँग आइतबार सम्झौता गरेको छ ।
एमपीएल क्रिकेट असोज २३ गतेबाट कात्तिक ५ गतेसम्म हुनेछ । दार्चुला जिल्लाकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगितामा सकार क्रिकेट मैदानमा हुनेछ ।
प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय १ रुपैयाँ पाउने छन् । यस्तै उपविजेताले ४४ हजार ४ सय ४४ रुपैयाँ पाउने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ६ हजार ५ सय नगद प्राप्त गर्दा उत्कृष्ट बलर, ब्याट्सम्यान र उदयमान खेलाडीलाई २ हजार ५ सय प्रदान गरिने आयोजकले जनाएको छ ।
यस्तै आयोजकले प्रतियोगिताका लागि बैंकिङ पार्टनरको रुपमा जनता बैंक र एजुकेशन पार्टनरको रुपमा एक्सेल बिजिनेस कलेज एसपीए धनगढीसँग सम्झौता गरेको छ ।
प्रतियाेगिताकाे अनलाईन पार्टनरकाे रूपमा खेलपाटी डटकम रहनेछ ।