काठमाडौं । नेपाल सहितको त्रिकोणात्मक सिरिजमा आज (आईतबार) सिंगापुर र जिम्बावे भिड्दैछन् ।
घरेलु टोली सिंगापुरले दोस्रो खेलमा जिम्बावेसंग खेल्न लागेको हो ।
इन्डियन एसोसियसन मैदानमा हुने खेल नेपाली समय अनुसार पौने ५ बजे सुरु हुनेछ ।
जिम्बावेले पहिलो खेलमा नेपाललाई हराएको थियो । सिंगापुर भने पहिलो खेलमा नेपालसंग ९ विकेटले पराजित भएको थियो ।
जिम्बावे जितको यात्रालाई सिरिजमा निरन्तरता दिन चाहन्छ । सिंगापुर भने पहिलो जितको खोजीमा हुनेछ ।
सिरिजमा अघि बढ्न सिंगापुरलाई जित समेत आवश्यक छ ।
सिरिजमा शीर्ष स्थानको सिंगापुरको एक खेलबाट २ अंक छ । नेपाल दुई खेलबाट समान २ अंक जोड्दै दोस्रो स्थानमा छ ।
सिंगापुर एक खेलबाट अंक विहिन हुदै पुछारमा छ ।