एजेन्सी । त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा सिंगापुरविरुद्व नेपालका कप्तान पारस खड्काले शतक प्रहार गरेपछि कीर्तिमानको चाङ लागेको छ ।
शनिबार राति भएको खेलमा पारस खड्काको शतकमा नेपालले सिंगापुरलाई ९ विकेटले हराएको थियो ।
सो खेलमा नेपालले मुख्य ६ कीर्तिमान कायम भएको छ ।
पहिलो, नेपालले टी–ट्वान्टी क्रिकेटमा पहिलो शतक प्रहार गरेको छ । सो शतक कप्तान पारस खड्काले प्रहार गरेका छन् ।
दोस्रो एकै ईनिङ्समा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान समेत पारसले बनाएका छन् । १ सय ६ रनको शतकिय ईनिङ्स खेलेका पारसले ९ छक्का प्रहार गरेका थिए । उनकै ९ छक्का र ७ चौकाको मदतले पारसले कीर्तिमानी शतक प्रहार गरेका थिए ।
तेस्रो, सबै भन्दा छिटो शतक प्रहार गर्ने कीर्तिमानसंगै नेपालले टी–ट्वान्टीमा बनाएको सबै भन्दा धेरै रन हो ।
चौथो, नेपालले टी–ट्वान्टीमा अहिलेसम्मकै ठुलो अन्तरको जित निकालेको छ । नेपालले सिंगापुरलाई ९ विकेटले हराएको हो । ओपनर इशान पाण्डेलाई ५ रनमा गुमाएपछि नेपालले ईनिङ्स पारस खड्काले अघि बढाएका थिए । अविजित रहेका आरिफ शेखसंग मिलेर उनले शतकिय ईनिङ्स पुरा गरेका थिए ।
पाँचौ, नेपालका खेलाडीले अहिलेसम्मकै ठुलो रनको साझेदारी गर्न सफल भएका छन् । कप्तान पारस र आरिफ शेखले दोस्रो विकेटका लागि कीर्तिमानी १ सय ४५ रनको साझेदारी गरेका थिए । दुवैको साझेदारी नेपालका लागि टी–ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक ठुलो रनको साझेदारी हो ।
यस्तै कप्तान पारसले अर्को विश्व कीर्तिमान समेत कायम गरेका छन् । उनले लक्ष्य पछ्याउने क्रममा टी–ट्वान्टी क्रिकेटमा शतक प्रहार गर्ने विश्वका पहिलो कप्तान समेत बनेका छन् ।
सिंगापुरविरुद्वको जितसंगै नेपाल सिरिजमा फर्किएको छ । पहिलो खेलमा जिम्बावेसंग हारेपछि खेलमा फर्कन नेपाललाई जित आवश्यक थियो । त्यसमा कप्तान पारसको शतकले मुख्य काम गरेको छ ।