काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा सिंगापुरविरुद्व नेपालका कप्तान पारस खड्काले आक्रमक ब्याटिङ गरेका छन् ।
१ सय ५२ रनको लक्ष्य पछ्याउने क्रममा ओपनिङमा आएका पारसले शानदार अर्धशतक प्रहार गरेका छन् ।
ओपनर इशान पाण्डे ५ रनमा आउट भएको खेलमा कप्तान पारस र आरिफ शेखले नेपालको ईनिङ्स उकासेका छन् ।
यसअघि पहिले ब्याटिङ गरेको सिंगापुरले नेपाललाई १५२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले २० ओभरमा ३ विकेट गुमाएर १५१ रन बनायो ।
सिंगापुरका लागि कप्तान टिम डेभिडले रनको ६४ अर्धशतकीय इनिङ्स खेले । यस्तै जनक प्रकाशले अविजित २५ रन बनाए ।
सुरेन्द्रन चन्द्रमोहनले ३५ रन तथा मन प्रित सिंहले १५ रन बनाए ।
नेपालका लागि करण केसीले २ विकेट लिए । यस्तै डेब्यु खेलाडी सुशन भारीले १ विकेट लिए ।
घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा रहेको छ ।
सिरिजको फाइनलमा पुग्न नेपाललाई जित आवश्यक छ । पहिलो खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो ।