एजेन्सी । दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर लान्स क्लुसनर अफगानिस्तान क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
अफगानिस्तानले पूर्व अलराउन्डर क्लुसनरलाई शुक्रबार मुख्य प्रशिक्षक नियुक्त गरेको हो । क्लुसनर यसअघि दक्षिण अफ्रिका र जिम्बावेका ब्याटिङ प्रशिक्षक रहेका थिए ।
'म निकै उत्साहित छु । विश्व क्रिकेटका उत्कृष्ट खेलाडी रहेको टिमसँग काम गर्ने अवसर पाएकोमा म निकै आभारी छु,' प्रशिक्षक चुनिएपछि ४८ वर्षीय क्लुसनरले भने ।
क्लुसनरले दक्षिण अफ्रिकाबाट ४१७ खेल खेलेका थिए । सन् १९९९ को विश्वकपमा दक्षिण अफ्रिका सेमिफाइनल पुग्दा क्लुसनर मुख्य खेलाडी थिए ।
क्लुसनरको नेतृत्वमा अफगानिस्तानले नोभेम्बरमा वेष्ट इण्डिजसँग टी-ट्वान्टी र एकदिवसीय सिरिज खेल्नेछ ।