काठमाडौं । सिंगापुरमा जारी तीन राष्ट्रबीचको त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले अहिले टेष्ट राष्ट्र जिम्बावेविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।
इन्डियन एसोसियसनको मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले चौंथो विकेट गुमाएको छ । चौथो विकेटको रुपमा नेपालले डेब्यु खेलाडी कुशल मल्ललाई २ रनमा गुमाएको छ ।
त्यसअघि नेपालले तेस्रो विकेटको रुपमा कप्तान पारस खड्कालाई १८ रनमा गुमाएको थियो ।
यसअघि पहिलो विकेटको रुपमा ईशान पाण्डेलाई ४ र दोस्रो विकेटका रुपमा आरिफ शेख ८ रनमा गुमाएको थियो ।
मैदानमा अहिले उपकप्तान दिपेन्द्र सिङ ऐरी र कुशल मल्ल रहेका छन् ।
नेपालले १० ओभरमा ४ विकेट गुमाएर ५५ रन बनाएको छ ।