काठमाडौं । यूवा खेलाडी ईशान पाण्डे र कुशल मल्लले राष्ट्रिय क्रिकेट टिममा डेब्यु गरेका छन् ।
सिंगापुरमा जारी त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत टेष्ट राष्ट्र जिम्बावेविरुद्ध अहिले जारी खेलमा ईशान र कुशलले डेब्यु गरेका हुन् ।
ईशानले जिम्बावेविरुद्ध ओपनिङ ब्याटिङ गर्दै टिममा डेब्यु गरेका हुन् । तर, ईशान ४ रन बनाएर आउट भए । ८ बलमा उनले एक चौका प्रहार गरे ।
ईशान टेण्डाई चातराको बलमा क्याच आउट भए ।
'डाक्टरी' पढ्ने क्रिकेटर !