काठमाडौं । युरोप भ्रमणमा रहेको नेपालको राष्ट्रिय क्रिकेट टिमले दोस्रो अभ्यास खेलमा पराजित भएको छ । इङ्ल्याण्डको स्थानीय क्लब सेन्ट क्रससंग भएको दोस्रो अभ्यास खेलमा नेपाली टोली १९ रनले पराजित भएको हो ।
१ सय ६९ रनको लक्ष्य पछ्याएको नेपालले ८ विकेटको क्षतिमा १ सय ४९ रन मात्र बनाउन सक्यो । नियमित कप्तान पारस खड्का बिना मैदान उत्रिएको नेपाली टिमको नेतृत्व ज्ञानेन्द्र मल्लले गरेका थिए ।
अनिल कुमार शाहले ५६ रन जोड्नु बाहेक अन्यको प्रर्दशन गतिलो रहन सकेन । आरिफ शेखले ३४ रन बनाएको इनिङ्समा सोमपाल कामी १६ रनमा नकआउट रहे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सेन्ट क्रसले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो । जिम्मी एडम्सको ७२ रनको मदतले घरेलु टोलीले सो स्कोर खडा गरेको हो । सुरुवाती दुई ब्याट्सम्यानलाई सस्तैमा गुमाएपनि एडम्सले तेस्रो विकेटकालागि फिलिक्स अर्गानसंग मिलेर ८२ रनको साझेदारी गरेका थिए ।
नेपालका बसन्त रेग्मी र सोमपाल कामीले समान २÷२ विकेट लिएका थिए । सन्दिप लामिछानेको नाममा एक विकेट रह्यो ।
इंङ्ल्याण्डको लडर््समा हुने त्रिकोणात्मक ट्वान्टी २० सिरिज र नेदरल्याण्डसंगको एक दिवसीय क्रिकेट सिरिजको तयारीकालागि युरोप भ्रमणमा रहेको नेपालले स्थानीय क्लबसंग अभ्यास खेल खेलिरहेको छ ।
यसअघि शनिबार भएको पहिलो अभ्यास खेलमा नेपालले ह्यामसायर होग्सलाई २४३ रनले हराएको थियो । नेपालको जितमा कप्तान पारस खड्काले १६१ रनको शतकीय पारी खेलेका थिए ।
यस्तै नेपालले जुलाई २५ मा इष्ट लन्डन ११ विरुद्ध ५० ओभरको खेल खेल्नेछ । त्यसपछि नेपालले अन्तिम अभ्यास खेलमा इष्ट लन्डन शार्कसंग जुलाई २६ मा टी(ट्वान्टी खेल खेल्नेछ ।
चार अभ्यास खेलपछि नेपालले क्रिकेटको मक्का मानिने इंग्ल्यान्डको लर्ड्समा जुलाई अन्तिम साता हुने त्रिकोणात्मक टी(ट्वान्टी सिरिज खेल्ने छ । नेपाल, नेदरल्याण्ड र मेरिलिबोन क्रिकेट क्लब ९एमसिसी० बीच लर्ड्समा हुने त्रिकोणात्मक सिरिज जुलाई २९ मा हुनेछ ।