एजेन्सी । स्ट्राईकर केलियन एम्बाप्पेले चेल्सी स्टार एनगोलो कान्टेलाई फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजी आउन आग्रह गरेका छन् ।
विश्वकप विजेता फ्रान्सका महत्वपुर्ण सदस्य रहेका कान्टेलाई भित्राउन पीएसजीले समेत प्रक्रिया अघि बढाएको छ । पीएसजीको नयाँ सिजनकालागि कान्टेलाई प्राथमिकतामा राखेको छ ।
कान्टेले फ्रान्सलाई विश्वकप जिताउन महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए । उनले चेल्सी र लेष्टर सिटीबाट प्रिमियर लिगको समेत उपाधि उचालेका थिए । उनकै प्रेरणादायी प्रर्दशनमा चेल्सी र लेस्टरले प्रिमियर लिगको उपाधि चुमेका थिए ।
कान्टेलाई भित्राउन पीएजीले करिब सय मिलियन पाउण्ड खर्च गर्नुपर्नेछ । विश्वकपका युवा खेलाडी घोषित एम्बाप्पेले कान्टेलाई भित्राउन पीएसजी अध्यक्षसंग समेत छलफल गरेका थिए । सो बिषय निकै गहन रुपमा अघि बढिरहेको बताईएको छ ।
‘यो साँचो हो । फ्रान्सेली अध्यक्षले मसंग सल्लाह गरेका छन् ।’ उनले भनेका छन् । एम्बाप्पे, बर्ष उत्कृष्ट खेलाडी अर्थात वालेन डि ओरका मुख्य दाबेदार हुन् । उनले रुसी विश्वकपमा फाईनलमा क्रोएसियाविरुद्ध समेत गोल गरेका थिए । विश्वकपमा उनको गोल संख्या चार पुगेको थियो ।